२ लाख घुस रकम सहित २ जना कर्मचारी पक्राउ

कञ्चनपुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित २ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका कर्मचारीलाई पक्राउ गरेको हो ।
आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले जलस्रोत तथा सिँचाइ विकास कार्यालयका अधिकृत अजित कुमार श्रीवास्तव र इञ्जिनियर तथा सूचना अधिकारी गृष्मा ठगुन्नालाई २ लाख घुस रकम सहित बिहिबार पक्राउ गरेको हो ।
चौधर नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष मिलन सिंहबाट २ लाख रकम घुस मागेको र सिंहले घुस बापतको रकम कार्यालयमा बुझाउने क्रममा उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
उनीहरुलाई थप कारबाहीका लागि काठमाण्डौं पठाइने अख्तियारका सूचना अधिकारी टोप बहादुर बिष्टले जानकारी दिनुभयो ।
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस