Techie IT

डोटीमा बलात्कार गरेको आरोपमा नेपाली सेनाका जवान पक्राउ


डोटीमा जबरजस्ती करणी गरेको आरोपमा नेपाली सेनाका एक जवान पक्राउ परेका छन् ।

जिल्लाको सायल गाँउपालिकामा साली नाता पर्ने महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँ स्थायी बसोबास गर्ने नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीका अनुसार साली नाता पर्ने महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा विष्टलाई पक्राउ गरिएको बताए।

विष्ट नेपाली सेनाको कुमार दल गुल्म सुपारीटार हेटौडामा जवान पदमा कार्यरत रहेको प्रहरी नायब उपरिक्षक धामीले बताए।

उनका अनुसार असार ८ गते रातीको समयमा मादक पदार्थ सेवन गरी महिलालाई विष्टले जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : प्रदेश, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!