स्कारपियोले च्यापेर एक महिलाको मृत्यु ,एक घाईते

धनगढी–खुटिया सडकमा स्कारपियोले च्यापेर एक महिलाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छिन्। गोदावरी नगरपालिका वडा नम्वर ८ स्याउले नजिक धनगढी–खुटिया सडकखण्डमा से १ च १५३६ नम्वरको स्कारपियोले च्यापेर एक महिलाको मृत्यु भएको हो।

गोदावरी नगरपालिका वडा नम्वर ९ कि मन्थरा खडायतको घटनास्थलमै मृत्यु भएको हो भने घटनामा घाइते भएकी सिमा विकको पदमा अस्पतालमा उपचार भईरहेको छ। धनगढी खुटिया सडक संघर्ष समितिका अध्यक्ष हेमवहादुर विष्टले मृतकका आफन्त समेत घटनास्थलमा नपुगि शव उठाएर लगिएको बताए। अहिले सम्म प्रहरीले घटनास्थलको मुचुल्का समेत नउठाएको उनले बताए।

गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालक को हो रु भन्ने विषयमा भने विवाद भईरहेको प्रहरीले जनाएको छ। dineshkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker