बाजुरामा अबैध जडिबुटी सहित दूई जना ठेकेदार रंगेहात पक्राउ

ईलाका प्रहरी कार्यालय कोल्टी बाजुराले अबैध जडिवुटी सहित दुई जनालाई पक्राउ गरेको छ ।

विहिबार दिउसो कोल्टी बाजुराबाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको कमाण्डमा खटि गएको प्रहरीको टोलीले बुढीनन्दा नगरपालिका ५ विरसेन बस्ने अंगराज पाध्यायको घरमा लुकाई छिपाई राखेको अवस्थामा अबैध जडिवुटी सेतक चिनि, कटुक, सुगन्धवाल लगायतको अबैध जडिवुटी सहित २ जना ठेकेदारलाई रंगेहात पक्राउ गरेको हो ।

प्रहरीले अंगराज पाध्यायको घरबाट लुकाई छिपाई राखेको अवस्थामा सेतक चिनि, कटुक, सुगन्धवाल करिब १४ बोरा ४ सय ६३ केजि अवैध जडिवुटी सहित बरामत गरेको हो ।

प्रहरीले अवैध जडिवुटी सहित २ जना ठेकेदार बाँके जिल्लाको कोहलपुर नगरपालिका १० का ३८ बर्षिया गगन राना र सोही जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं. २ का ४५ वर्षिया नारद गिरि र बुढीनन्दा नगरपालिका वडा नं. ४ का १२ जना भरियालार्ई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।अबैध रुपमा बरामत गरिएको उक्त जडिवुटी सहित दुई जना ठेकेदार र अन्य १२ जना भरियाहरुलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

नियन्त्रणमा लिएको जडिबुटि, ठेकेदार र भरियालाई जिल्ला प्रहरी कार्यलय बाजुरामा झिकाइएको बाजुरा प्रहरी प्रमुख उद्धब सिंह भाटले वताएका छन् ।यता डिभिजन बन कार्यलय बाजुराका डिभिजन प्रमुख भिम प्रसाद कडेलका अनुसार गैर कानुनी रुपमा जडिबुटि निकाशि गर्नेलाइ कानुनी कारवाहिका लागि अदालतमा मुद्धा चलाईने भएको छ ।सरकारले सेतक चिनि संकलन र निकाशि गर्न पूर्णरुमा बन्देज गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker