सुदूरपश्चिमभरीका सरकारी कार्यालयलाई बजेट सक्न असारको चटारो

चालु आर्थिक बर्षको अन्तिम महिना असारे विकास मात्र नभई चालु तर्फको बजेट सक्न पनि चटारो लागेको छ।
चालु आर्थिक बर्षका लागि विनियोजन भएको बजेट सक्न सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी र वरपरका होटल तथा लजका बैठककक्ष भरिभराउ हुन थालेका छन्। धनगढीका होटल तथा लजका सबै बैठक कक्ष सरकारी कार्यालयहरुका तालिम, गोष्ठी जस्ता कार्यक्रम आयोजना भइरहेकाले भरिभराउ भएका हुन्।
तालिम र गोष्ठी जस्ता कार्यक्रमको ओईरो नै लाग्न थालेपछि सुदूरपश्चिमभरीका सरकारी कर्मचारीहरु पनि अहिले धनगढीमा भेटिन थालेका छन्।होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले एनजिओआईनजिओलाई डिसेम्वर लागे जस्तै अहिले सरकारी कार्यालयलाई असार लागेको बताउनुभयो ।
उहाले धनगढीका अधिकासं होटलहरु सरकारी कार्यालयहरुका कार्यक्रमले नै अहिले भरीभराउ भएको बताउनु भएको छ । असारमा गरिने कार्यक्रमको प्रभावकारीता केही नभएपनि कार्यक्रम गरेर सहभागीलाई अन्य समयको भन्दा धेरै भत्ता दिएर बजेट सक्न भ्याइनभ्याइ छ। सरकारी स्तरबाटै वर्षको अन्तमा आएर बजेट सक्न कार्यक्रम गर्दा उपलब्धीविहीन हुनुका साथै पारदर्शी नहुने सर्वसाधारणको भनाई छ। सुदूरपश्चिमका स्थानीय तह र मन्त्रालय मात्रै होईन सघीय सरकारका मन्त्रालय र विभागले पनि सुदूरपश्चिममा दैनिक कार्यक्रम गर्दै आएका छन्।dineshkhabar
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस