Techie IT

बिभत्स अवस्थामा युवतीको शव भेटियो


बझाङको बुङ्गल नगरपालिकामा एक युवती मृत अवस्था फेला परेकी छन् ।

सोमबार राति ११ बजे साथीको घर जान भनेर निस्किएकी बुङ्गल नगरपालिका २ की २० बर्षीया ललिता कुमारी धामी मृत अवस्थामा भेटिएकी हुन् ।

सडक छेउमा अनुहार नै नचिनिने अवस्थामा उनको शव भेटिएको स्थानीयले बताएका छन् । मृतक धामी महेन्द्र उच्च मा.बिमा कक्षा १२ मा अध्यनरत थिइन् ।

स्थानीयले टिपरले ठक्कर दिएको हुनसक्ने आशंका गर्दै दुई ओटा टिपरमा तोडफोडसमेत गरेका छन् ।


क्याटेगोरी : प्रदेश, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस