Techie IT

कपडा पसलमा आगलागी हुँदा लाखौको क्षती


कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को फुलबारी स्थित डिपो बजारमा रहेको एक कपडा पसलमा आगलागी भएको छ। डिपो बजारमा रहेको आरसी ओझा शपिङ सेन्टरमा आज बिहान विद्युत सर्ट भएर आगलागी हुँदा ६ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले आज बिहान पौने ८ बजेको समयमा विद्युत सर्ट भएर पसलमा रहेका फेन्सी समानहरु जलेर अन्दाजी ६ लाख बराबरको क्षती भएको जानकारी दिए। उनले स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको जानकारी दिए।dineshkhabar


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस