अनियमित विल स्वीकृत गर्न मेयरको धम्की, हाकिमले सरुवा मागेर हिडे

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मेयरले अनियमित काम गर्न दवाव दिएपछि प्रमुख प्रशासकिय अधिकृत सरुवा मागेर हिडेपछि बजेट अनिश्चित बनेको छ। मेयर कर्ण बहादुर हमालले प्रमुख प्रशासकिय अधिकृत सिद्धराज जोशीलाई गत वर्ष कानूनमा व्यवस्था भएको भन्दा बढि इन्धन लिएको विल स्वीकृत गर्न दवाव दिएपछि उनी सरुवा मागेर हिडेका हुन्। प्रमुख प्रशासकिय अधिकृत जोशीले मेयरले अनियमित तरिकाले लिएको इन्धनको विल पास नगरे देखाउने धम्की दिएपछि आफू सरुवा भएर हिडेको बताए।
जोशीले मेयर हमालले गत वर्ष इन्धन वापतको एक लाख २० हजार बढि रकम स्वीकृत गर्न दवाव र धम्की समेत दिएको बताएका छन्। आफूले कानून अनुसार ती विल स्वीकृत गर्न नसकिने भनेपछि मेयरले यो कृष्णपुर हो देखाउँछु भन्दै धम्की दिएपछि सरुवा मागेर कृष्णपुरबाट हिडेको बताए। मेयरलाई अन्य अनियमित काम गर्न पनि पटक–पटक दवाव दिएको जोशीको आरोप रहेको छ। dineshkhabar