Techie IT

प्रतिपक्षी दलको विरोधकै कारण सुदूरपश्चिम प्रदेशसभाको बैठक पाँच पटक स्थगीत


आज दिउँसो ३ बजेका लागि बोलाईएको सुदूरपश्चिम प्रदेशसभाको बैठक पनि स्थगीत गरिएको छ। प्रदेशसभा सचिवालयले सूचना टाँस गर्दै भोली अपरान्ह ४ बजे सम्मका लागि बैठक स्थीगत गरेको हो। प्रदेशसभा सचिवालयलका सचिव राम सिंह धामीले सभामुखको निर्देशन पछि बैठक भोली सम्मका लागि सारिएको जानकारी दिए।

यस अघि प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाका सांसदको अनुपस्थितीका कारण असार १५ गते पनि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगीत गरिएको थियो भने त्यसअघि प्रतिपक्षी दलको विरोधकै कारण चार पटक बैठक स्थगीत भईसकेको छ। प्रदेश सरकारले ल्याएको बजेट असन्तुलित रहेको भन्दै प्रमुख प्रतिपक्षी दल विरोधमा रहेको छ भने सत्तारुढ दल नेकपाका २९ मध्ये २५ जना बहुमत सांसदले पनि असन्तुष्टि जनाउँदै संयुक्त हस्ताक्षर संकलन गरेका छन्।

उनीहरुले संयुक्त हस्ताक्षर मुख्यमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ। प्रतिपक्षीको पटक–पटकको अवरोध र सत्तापक्षका सांसदको दवावका कारण प्रदेश सरकारले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटमाथि छलफल नै सुरु हुन सकेको छैन्।dineshkhabar


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस