प्रदेश सरकारका योजनामा अछाममा घुसखोरी भईरहेको आशँका (अडियाे सहित )

सुदुरपश्चिम प्रदेश सरकारका योजना कार्यान्वयनका क्रममा अछाम जिल्लामा पनि भ्रष्टचार भईरहेको आशँका गरिएको छ । कञ्चनपुरमा २ लाख घुस रकम सहित पक्राउ परेका ईन्जीनियरले योजनाको १५ प्रतिशत रकम मन्त्रालयसम्म पुग्ने गरेको खुलाएसँगैै अछाममा पनि भ्रष्टाचार हुने गरेको आशँका गरिएको हो ।

प्रदेश सरकारको झण्डै २५ लाखको लागतमा कञ्चनपुरको भीमदत्त नगरपालिका १९ मा चौधर नदी नियन्त्रण तटबन्धनको योजनामा रकम भुक्तानीका क्रममा २ लाख घुस रकम सहित सिँचाई विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख अजित कुमार श्रीवास्तव र इन्जिनीयर ग्रिस्मा ठगुन्नालाई गत बिहिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले रँगेहात पक्राउ गरेको थियो ।

पक्राउ पर्नु पुर्व योजनाका उपभोक्ता समितिका अध्यक्ष मिलन सिँहलाई घुस दिन दवाब दिदै ईन्जीनियर ठगुन्नले भनिन ‘हेर्नुस् मन्त्रालय सम्मै भाग दिनुपर्छ, तपाईले २५ लाखको यो योजनामा १५ प्रतिशत दिए मात्र भुक्तानी मिल्छ नभए म रोक्का गरिदिन्छु ।’ पटक–पटक आग्रह गर्दा पनि कमिशन नदिए योजना अर्को ठाउँमा पारिदिने समेत ठगुन्नाले धम्की दिएको समितिका अध्यक्ष सिँहले बताएको दिनेश खवरमा समाचार प्रकाशित छ ।

यसै बिच अछाम जिल्लामा पनि यस आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेश सरकारबाट अछाम जिल्लामा थुप्रै योजना कार्यान्यवन भएका छन भने केहि कार्यान्वयन चरणमा रहेका छन । प्रदेश सरकारबाट आएका योजना कार्यान्वयनका क्रममा ठुलो मात्रामा अनियमितता हुने गरेको आरोप समेत लाग्ने गरेको छ । जिल्लामा प्रदेश सरकारबाट बिनियोजीत योजना कार्यान्वयन गर्ने एक कार्यालयका कर्मचारीले नाम नबताउने शर्तमा योजनाको १५ प्रतिशत रकम घुस माग्ने गरेको र सो रकम कर्मचारी,ईन्जिनियर,साँसद, मन्त्रि र मन्त्रिका स्वकिय सचिव सम्म पुग्ने गरेको बताएका छन ।

उनका अनुसार कुनै कुनै योजनामा रकम बिनियोजन हुनु पुर्व नै स्थानियबाट १५ प्रतिशत रकम अशुल्ने गरिएको छ । भने अधिकाँस योजनामा रकम बिनियोजन भई सम्झौता भएसँगै योजनाको १५ प्रतिशत रकम उपभोक्ता समितिका पदाधिकारीबाट असुल्ने गरिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका निवासी तथा नेपाली काँग्रेस अछामका क्षेत्रीय सदस्य डम्बर स्वाँरले प्रदेश सरबाट रकम बिनियोजीत भई अछाममा सम्पन्न भएका योजनाहरु स्टमेट अनुसार काम सम्पन्न नभएको बताउनु भएको छ । उहाका अनुसार योजनाहरु वडा तथा गाउँपालिकाको सिफारीस बिना नै आएका हुन भने उपाभोक्ता समिति समेत मनपरि ढँगबाट गठन गरिएका छन ।

यसै बिच नेपाली काँग्रेस अछामका उप सभापति चन्द्र प्रसाद ढुँगानाले प्रदेश सरकारका योजना कार्यान्वयनका क्रममा कर्मचारी र जनप्रतिनिधि बिचको मिलेमतोमा अनियमितता हुने गरेको आशँका गर्नु भएको छ ।

योजनामा भ्रष्टाचार भईरहेको ओराप लागे सँगै पुर्वाधार बिकास कार्यालय अछामका प्रमुख ईन्जिनियर जँग बहादुर थापालाई सम्पर्क गर्दा उहाको फोन स्वीच अफ रहेको पाईएको छ ।
रिपाेर्ट सुन्न तलकाे लिँकमा क्लिक गर्नुहाेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker