Techie IT

स्कुटर दुर्घटना हँदा दुई जनाको मृत्यु


कञ्चनपुरको बेलौरीमा स्कुटर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

शुक्रबार साँझ बेलौरी नगरपालिका १० भुडामा यु पी २६ एए ६५३८ नम्बरको भारतीय स्कुटर कल्र्भटमा ठोक्किएर भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा भारतको कम्वोजनगरकी २३ वर्षीया पविन्द्रा चौधरी र पछाडी सवार सोही स्थानकी २३ वर्षकै मनिषा हमाल रहेका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि भारत लैजाने क्रममा मृत्यु भएको बेल्डाँडी प्रहरीले जनाएको छ।

तिव्र गतिमा रहेको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।dineshkhabar


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!