सर्पदंश उपचार केन्द्र नहुँदा अकालमै ज्यान गुमाउछन सुदूरपश्चिमेलीहरु

 

सुदूरपश्चिम प्रदेशभर सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा यहाँका स्थानीयले बर्सेनि अकालमै ज्यान गुमाउँदै आएका छन् ।

यहाँका अस्पतालहरुमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टिस्नेक भेनम’ नभएका कारण उपचार हुन नपाउँदा बिरामीको मृत्यु हुने गरेको हो । सरकारी स्तरबाट नै सर्पदंश उपचार केन्द्र नखोलिएका कारण यहाँ समस्या उत्पन्न भएको स्थानीयको आरोप छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार गएको वर्ष मात्रै सुदूरपश्चिमभरमा सर्पदंशका कारण ४३ जनाको मृत्यु भएको थियो । समयमै अस्पताल ल्याउन नसक्दा तथा अस्पताल ल्याइएका बिरामीहरुले तत्काल औषधी नपाउँदा उनीहरुको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांकमा उल्लेख छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यो अर्थिक वर्षमा मात्रै कैलाली, बझाङ, अछाम तथा डोटीमा गरी ५ जनाको विषालु सर्पले टोकेका कारण ज्यान गइसकेको छ । जिल्ला अस्पतालले निःशुल्क रुपमा वितरण गर्ने ‘एण्टिस्नेक भेनम’ राखिएका यहाँका कतिपय अस्पतालहरुमा पनि उपचार सेवा भरपर्दो नभएको शिखर नगरपालिका(२, कालागाढका स्थानय रामबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्पदंशको विशेष उपचार केन्द्र छैन, केही अस्पतालमा औषधी भए पनि दक्ष चिकित्सक नहुँदा बिरामीले ज्यान गुमाउनु परेको छ ।’ गर्मी याममा सुदूरपश्चिमभर दर्जनौँ सर्पदंशका बिरामी आउने गरेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायलले जनाएको छ । जसमा आधा जति सर्पदंशका बिरामीको ज्यान जाने गरेको निर्देशनालयको तथ्यांक छ । सुदूरपश्चिम प्रदेशमा सर्पदंशका बिरामीको उपचार केन्द्र नभएका कारण यहाँका सर्पदंशका बिरामीहरु उपचारका लागि छिमेकी जिल्ला बाँके तथा भारतका विभिन्न शहरमा धाउन बाध्य छन् । प्रदेश सरकारले सुदूरपश्चिममा सर्पदंश उपचार केन्द्र राख्ने चासो नदिएका कारण यहाँका स्थानीयको अकालमै ज्यान जाने गरेको स्थानीयको आरोप छ । सरकारी स्तरबाट सर्पदंशको उपचार केन्द्र नभए पनि नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहतको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री न। २५ बाहिनी अन्तरगतको कञ्चनपुरको अर्जुनीमा देवीदल गणले सर्पदंश उपचार केन्द्र खोलेको छ ।ujyaaloonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker