मध्य रातमा नगरपालिकामा भेटिएका कर्मचारीलाई विप्लव कार्यकर्ताले ताला लगाई थुने

कैलालीको लम्कीचुहा नगरपालिकामा मध्य रातमा कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहका कार्यकर्ताले थुनेका छन्। शनिवार राती साढे आठ बजेको समयमा कार्यालयमै काम गरिरहेको अवस्थामा भेटिएका दुई जना कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहले बाहिरबाट ताला लगाएर थुनेको हो।
विप्लवका एक नेताले भने,‘मध्य रातमा शंकास्पद रुपमा नगरपालिकाको लेखा शाखामा काम गरिरहेको अवस्थामा कर्मचारी र जनप्रतिनिधी भेटिएपछि पार्टीको भ्रष्टाचार विरुद्धको अभियान अन्तरगत बाहिरबाट ताला लगाएर थुनेका हौँ।’ ती नेताका अनुसार लम्कीचुहा नगरपालिका वडा नम्बर ४ को कार्यालयमा तालाबन्दी समेत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले पनि कर्मचारी थुनिएको कुरा पुष्टि गरेको छ तर जनप्रतिनिधी त्यहाँ थिए थिएनन् भन्ने कुरा खुलाएको छैन्। कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले कर्मचारीहरु र जनप्रनिधी काम गरिरहेको अवस्थामा बाहिरबाट ताला लगाईएको कुरा साचो भएको बताए तर ताला कसले लगाएको हो भन्ने कुरा खुल्न नसकेको बताए। नगरपालिका परिसरमा सेती महाकाली व्युरो लेखिएको पर्चा भेटिएको समेत उनले जनाए।dineshkhabar
क्याटेगोरी : प्रदेश, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस