Techie IT

सर्पको टोकाई बाट डोटीमा एक जनाको मृत्यु


सर्पको टोकाई बाट डोटीमा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ४ सानागाउ गिरी टोल बस्ने २२ वर्षीय पुर्णराज गिरिको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

आइतबार राति गाई गोठमा घाँस हाल्न जाने बेला सर्पले टोकेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ्र राती धामीझाँक्री गरेर उनलाई उपचारका लागि सोमबार बिहान मात्र अस्पताल लगिएको डोटीका स्थानीयले बताएका छन् ।

अस्पताल पु¥याउदा उनको मृत्यु भईसकेको जिल्ला अस्पताल डोटीले बताएको छ । यस अघी पनि असार १८ गते मात्र जिल्लाको शिखर नगरपालिका वडा नम्बर २ कालागाडकी जमुना देवी कार्कीको समेत सर्पको टोकाई बाट मृत्यु भएको थियो ।


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस