दाई बहिनी होटलको कोठामा मृत फेला

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट बारको एक कोठामा युवक–युवती मृत फेला परेका छन्।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का २८ बर्षीय महादेव डागा र मालिकार्जुन गाँउपालिका वडा नम्बर ४ औतालेककी २२ बर्षीया मनिषा रावल होटलको कोठामा मृत फेला परेका हुन्। होटलको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरु सोमवार राती ८ बजे खाना खाएर होटलको कोठामा गएका थिए। बिहान उनीहरु मृत फेला परेका हुन्। उनीहरु नाताले दाई बहिनी हुन्। महादेवले यसअघि नै दुई विवाह गरिसकेका थिए भने मनिषा पनि विवाहित हुन्। उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजान लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले बताए।dineshkhabar
क्याटेगोरी : प्रदेश, समाचार, समाज, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस