बैतडीको पाटन बसपार्कमा एक युवक मृत फेला

बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ बषपार्क नजिक आज विहान सब फेला परेको छ । पाटन नगरपालिका वडा नम्बर ६ खिपालिका करिब ४५ वर्षीय पृथ्वी राज अवस्थीको सब फेला परेको हो । २३ गते विहान घरबाट बजार आएका उनि आज विहान मृत भेटिएको प्रहरीले जनाएको छ । आज बिहान पाटन बजार क्षेत्रमा निर्माणधिन नयाँ बसपार्क परिसर भित्र सव फेला परेको हो ।
उनको टाउकोको दाया पट्टी घाउ भएको अवस्थामा सब फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख बलभद्र खडायतले जानकारी दिनुभयो । आज बिहान करीब ८ः३० बजे स्थानियले सब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सवलाई पोसटमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रदेश, समाचार, समाज
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस