नालीमा डुवेर ६ बर्षीय दुई बालकको मृत्यु

कैलालीमा नालीमा जमेको पानीमा डुवेर दुई बालकको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका वडा नम्वर ५ मा सहदेव बुढाका ६ बर्षीय छोरा सुशान्त बुढा र सोही ठाउँका शेरवहादुर बुढाका ६ बर्षकै छोरा हनी बुढाको नालीमा जमेको पानीमा डुवेर मृत्यु भएको हो।

मंगलवार दिउसो खेल्न गएका दुवै जना साँझ सम्म पनि नफर्किपछि स्थानीयले खोजी सुरु गरेका थिए।

दुवै जनाको शव नालीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुवै जनाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।dineshkhabar

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker