आफ्नै छोरीलाई बलात्कार गर्ने एकजना पक्राउ

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कार गर्ने एकजना पक्राउ परेका छन्।
छोरीलाई बलात्कार गरेको आरोपमा जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १ को बन्धाताल टोलका ३९ वर्षीय कालु नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायव निरीक्षक भुपाल सिह थापाले १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा नेपालीलाई पक्राउ गरिएको बताए। उनका अनुसार नेपालीले मंगलबार राती करिब १० बजेको समयमा छोरीलाई बलात्कार गर्दै मोवायलमा भिडियो समेत बनाएको बुझिएको छ।
प्रहरीका अनुसार श्रीमतीले मोवाइल चलाउने क्रममा बलात्कार गरेको भिडियो देखेपछि घटनाको रहस्य बाहिर आएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। dineshkhabar
क्याटेगोरी : प्रदेश, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस