Techie IT

सुदूरपश्चिममा प्रधामन्त्री रोजगार कार्यक्रम निराशाजनक


सुदूरपश्चिम प्रदेशमा ३७ करोड सक्ने गरी सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति चौतर्फी निराशा देखिएको छ।

करोडौँ रकम खर्च गरेर झारो टार्ने मात्रै काम भईरहेको भन्दै कार्यक्रमप्रती चौतर्फी निराशा देखिएको हो। सुदूरपश्चिममा कतै पनि कार्यक्रम मार्फत उदाहरणीय काम भएको छैन्। तीन महिना सम्म संञ्चालन गर्ने भनिए पनि समय अभावको कारण देखाउदै एक महिनामै सक्ने गरी सुरु भएको कार्यक्रममा अधिकासं स्थानीय तहले सडक नाली सफाई गरेर बजेट खर्च गरेका छन्।

रोजगार कार्यक्रमका लागि सुदूरपश्चिममा ३७ करोड बजेट विनियोजन भएकोमा अधिकासं स्थानीय सरकारले सडकको नाली सफाई गरेरै बजेट खर्च गरेका छन्।

तर नालीको फोहोर सडकमा थुपारिएपछि वरीपरि दुर्गन्ध फैलिएको छ भने पानी परेपछि उक्त फोहोर फेरी नालीमै जाने गरेको छ। रोजगार कार्यक्रमको प्रगती सन्तोशजनक नभएको सरोकारवाला निकायले नै स्वीकार गरेका छन। एक करोड खर्च गर्ने जिम्मेवारी पाएको धनगढी उप–महानगरपालिकाको प्रगती पनि पुर्ण रुपमा हुन सकेको छैन्।dineshkhabar


क्याटेगोरी : प्रदेश, रोजगार, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस