Techie IT

भुक्तानी लिन गएका उपभोक्ता समिति अध्यक्ष पाँच दिन पछि मृत भेटिए


कञ्चनपुरमा एक जना वेपत्ता भएको ५ दिन पछि मृत फेला परेका छन।

गत शुक्रबार देखि हराएका जिल्लाको भीमदत्त नगरपालिका—७ का वसन्तबहादुर सिंहको चुरे जङ्गलमा शव फेला परेको हो। उनी भीमदत्त नगरपालिका—७ मा सञ्चालन भएको एक योजनाका उपभोक्ता समितिका अध्यक्ष समेत थिए।

सिंहको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले महाकाली जनसेवा माध्यमिक विद्यालयमा रङ्ग रोगन गरेको थियो। सोही कामको रकम भुक्तानी लिन गत शुक्रवार नगरपालिका कार्यालय गएका उनी बेपत्ता भएका थिए। उनको मृत्यु संस्कापद भएको भन्दै परिवारले अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

सिंहले प्रयोग गरेको मोबाइल लोकेशनका आधारमा खोजी गर्दा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ।


क्याटेगोरी : प्रदेश, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस