Techie IT

बैतडीका चार स्थानीय तह पहिरोको उच्च जाखिममा


अविरल वर्षापछि बाढी(पहिरो कारणले देशभर ठूलो धनजनको क्षति भइरहेको बेला बैतडीका ४ स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका पाइएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका अनुसार सबैभन्दा बढी मेलौली नगरपालिका जोखिममा रहेको छ।

पहिरो मात्रै नभएर अन्य प्रकोपका दृष्टिकोणले पनि मेलौली उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। यस्तै दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र पुरचौंडी नगरपालिका पनि पहिरोको जोखिममा रहेका छन्।


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस