मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कैलालीमा मोटरसाईक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। मृत्यु हुनेमा जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ वस्ने अशोक चौधरी रहेका छन भने चालक प्रेम चौधरी घाईते भएका छन। घाइते भएका चौधरीलाई उपचारका लागि कोहलपुर पठाइएको छ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमवाट पुर्व तर्फ गईरहेको से १ प १३४७ नम्बरको मोटरसाईकलले हिजो राती करिब एक बजेको समयमा घोडाघोडी मन्दिर नजिक छाडा पशुचौपाया लाई ठक्कर दिदा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सो दुर्घटनामा परि एक गाई समेत मरेको छ।
मोटरसाईकल सुख्खड प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।dineshkhabar
क्याटेगोरी : प्रदेश, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस