बाजुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु १२ घाईते

बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन्।
कर्णाली करिडोर अन्तरगत जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्वर ५ भुवाखोलामा क १ ज २१ नम्वरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा परि जिप चालक कालीकोटका २६ बर्षीय रमेश बोगटी र मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्वर ६ का रामवहादुर शाहीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए।
घाईते ११ मध्ये ४ जनाको अवस्था गम्भिर रहेको र सबैलाई उपचारका लागि कोहलपुर लैजान लागिएको उनले बताए। उकालोमा जिप दुर्घटना भएर ५० मिटर सडकभन्दा तल खसेको समेत उनले जानकारी दिए।
क्याटेगोरी : प्रदेश, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस