देश संघिय संरचनामा गएपनि सुदूरश्चिममा ठुलो विकास बजेट फ्रिज जाने क्रम रोकिएन

विकास बजेट फ्रिज जान नदिन कार्ययोजना सहित काम थाल्न सुझाव

देश संघिय संरचनामा गएपनि काम गर्ने शैली सुधार नहुँदा सुदूरश्चिममा ठुलो विकास बजेट फ्रिज जाने क्रम रोकिन सकेको छैन्।

प्रदेशमै सबैभन्दा बढि विकास बजेट रहेको कैलालीमा भर्खरै सम्पन्न आर्थिक वर्ष २०७५÷०७६ मा पछिल्लो एक दशकमै सबैभन्दा बढि बजेट खर्च हुन नसकेर फ्रिज गएको छ। आर्थिक वर्ष २०७५÷७६ का लागि ७ अर्ब ७३ करोड पुँजीगत बजेट रहेको कैलालीमा ६३ प्रतिशत अथात् चार अर्ब ९० करोड मात्रै खर्च भयो भने तीन अर्ब १७ करोड बढि बजेट खर्च हुन नसक्दा फ्रिज गएको छ।

जुन खर्च पछिल्लो एक दशककै सबैभन्दा कम रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीले बताउँदै आएको छ। देश संघिय संरचनामा गएपछि विकास निर्माणका कामले तिव्रता पाएर बजेट खर्चको अवस्था समेत सुधार हुने अपेक्षा गरिएका बेला कैलालीमा विगतकै परिपाटीले निरन्तरता पाउँदा ठुलो विकास बजेट फ्रिज जाने क्रम रोकिन नसकेको हो। तर यसवर्ष भने ठुलो बजेट फ्रिज जान नदिन अहिले देखि नै कार्य योजना बनाएर विकास निर्माणका कामलाई तिव्रता दिन सुझाव दिईएको छ।

आर्थिक वर्षको अन्तमा आएर काम गर्ने प्रवृत्ति हटाउदै सार्वजनिक खरिद प्रक्रिया कार्तिकमै सकेर बजेट कार्यान्वयनमा ध्यान दिननुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रशाद जोशीले बताए। उनले हरेक विकासे अड्डाहरुले मासिक, त्रैमासिक र चौमासिक कार्ययोजना बनाई काम गरेमा मात्र बजेट कार्यान्वयन गर्न सकिने जनाउँदै अहिलेदेखि नै त्यसतर्फ केन्द्रीत हुन आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker