Techie IT

अछाम नपुग्दै डाेटीमा जिप दुर्घटना ७ जना घाइते, ३ को अवस्था गम्भीर


धनगढीबाट अछाम आउदै गरेको जिप डोटीमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार धनगढीबाट अछाम आउदै गरेको बा १९ च ५३७ नम्बरको जिप डोटीको पूर्वी चौकी गाउँपालिका ५, कुडीगाडामा सडकबाट खस्दा चालकसहित ७ जना घाइते भएका हुन् ।

दुर्घटनामा जिप चालक मंगलसेन नगरपालिका–५ का ३१ वर्षीय फणीन्द्र उपाध्याय, कमलबजार नगरपालिका ९ का ३३ वर्षीय दीपक प्रसाद उपाध्याय, जयगड गाउँपालिका ६ का ३ वर्षीय रितेश ठकुल्ला, सोही ठाँउका ३० वर्षीय हरक ठकुल्ला, ३ वर्षका रोनिश ठकुल्ला, २७ वर्षीया दीपा ठकुल्ला, रामारोशन गाउँपालिका १ का

२३ वर्षीया रेजिना खनाल घाइते भएका हुन् । घाईते मध्ये हरक, रोनिश र दीपाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बलयपाटा अस्पतालमा ल्याईएको छ । जिप सडकबाट १ सय ५० मिटर तल खसेको सानागाउँ स्थित प्रहरी चौकीले जानकारी दिएको छ ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!