करेन्ट लागेर ज्यान गुमाएका परिवारले एक बर्ष पछि राहत पाउने

डोटीमा करेन्ट लागेर ज्यान गुमाएका परिवारले एक वर्ष पछि राहात पाउने भएका छन्। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ चाँसी गाउँमा गत वर्ष असार १९ गते करेन्ट लागेर ज्यान गुमाएका पाँचजनाका परिवारलाई पाँच÷पाँच लाख राहात पाउने भएका हुन्।
डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। मृतकका परिवारलाई राहातका लागि उर्जा तथा जलस्रोत मन्त्रालय र नेपाल विद्युत प्राधिकरणमा लेखि पठाएकोमा सो निर्णय भएको पत्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारीले बताए। उनका अनुसार मृतकका परिवारले जनही पाँच–पाँच लाख र उपचार खर्च समेत पाउनेछन्।
गत वर्ष असार १९ गतेमा चाँसी गाउँमा विद्युतको पोल सार्ने क्रममा करेन्ट लागेर ५ जनाको मृत्यु भएको थियो। करेन्ट लागेर स्थानीय २३ वर्षीय लोकेन्द्र खडका, ३० २४ वर्षीय वीरेन्द्र खड्का, वर्षीय जयन्द्र खड्का, २४ वर्षीय दीपबहादुर खडकाको घटना स्थलमै मृत्यु भएको थियो भने २५ वर्षीय नारायण खडकाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो। मृतकका परिवारलाई यसअघि नेपाल विद्युत प्राधिकरणले किरिया खर्च वापत जनही २५ हजार र आदर्श गाउँपालिकाले ३० हजार रुपैयाँ राहात उपलब्ध गराएको थियो।dineshkhabar
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस