जनप्रतिनिधीले घरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने बाचा बिर्सेः बृद्धबृद्धाहरुलाई हैरानी

शुदुरश्चिमका जनप्रतिनिधीले घर घरमा सामाजिक सुरक्षा भत्ता पु¥याउने चुनावी वाचा दुई वर्ष सम्म पूरा नगर्दा बृद्धहरुले हैरानी खेप्नुपरेको हो।

आफूहरुलाई जिताए बृद्ध भत्ताका लागि बैँक तथा वित्तिय संस्थामा धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने आश्वान दिएका जनप्रतिनिधीको कार्यकाल तीन वर्ष मात्र बाँकी रहेका बेला पनि वाचा पूरा नभएको हो। उनीहरुले नेताहरुले ठगेपछि हैरानी कायमै रहेको गुनासो गरेका छन्।

उनीहरुले ज्येष्ठ नागरिकहरूले पाउनुपर्ने भत्ता वडा सम्म वा जनप्रतिनिधि मार्फत घरसम्मै पुराइदिन आग्रह गर्दै आएका छन्। चुनावी आश्वासन दिने क्रममा अहिले जनप्रतिनिधिले पनि घरमैै भत्ता पुगाउने दावी गरेका थिए। तर अहिले बृद्धबृद्धाहरुले पाईरहको सास्तीका विषयमा जनप्रतिनिधिले वास्ता नगरेको बृदबिर्दाले गनासो गरे।

निर्वाचनको समयमा घर–घरमै सेवा पु¥याउने एजेण्डा वोकेर हिडेका जनप्रतिनिधि यती वेला मौन छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker