बाजुराकी एक बालिकालाई भारतीय नागरिकद्धारा बलात्कार प्रयासपछि हत्या

बाजुरा जिल्लाकी एक बालिकाको बलत्कारको प्रयास पछि भारतको दिल्लीमा हत्या गरिएको छ। भारतको पुर्वी दिल्लीको सक्कपुरमा ९ बर्षकी लक्ष्मी चदाराको बलत्कारको प्रयासपछि हत्या भएको भारत स्थित नेपाली राजदुताबासले जनाएको छ।
उनको घर बाजुराको बुढिगंगा नगरपालिका १ कुडी हो। उनी बुवा देब चदारा र आमासँगै भारतमा बस्दै आएकी थिईन्। शुक्रवारको दिन पुर्वी दिल्लीको सक्कपुरको डि ब्लक नम्वर एक सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयासपछि हत्या भएको भारत स्थित नेपाली राजदुतमा कार्यरत एसएसपी प्रकाश अधिकारले टेलिफोन मार्फत जानकारी दिए।
उनको भारतीय नागरिक बसिम अहमद उर्फ सनुले हत्या गरेको प्रहरीले जनाएको छ। उनलाइ भारतीय प्रहरीले प्रक्राउ समेत गरिसकेको छ। बुवा देब चदारा उनकै घरको चौकीदारी गर्दै आएका थिए भने आमा सोही घरमा बसिम अहमद उर्फ सनुले चलाएको होस्टेलमा खाना पकाउने काम गर्दै आएकी थिईन्।
शुक्रवार दिउसो पौन एक बजे चदाराले बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अबस्थामा फेला पारेका थिए। अचेत अबस्थामा फेला पारेपछि अस्पताल पुगाईएकोमा अस्पताल पुग्ने बितिकै चिकित्सकले मृत घोषणा गरेका थिए।dineshkhabar
क्याटेगोरी : प्रदेश, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस