बैतडीमा जीप दुर्घटना, एकजनाको ज्यान गयो

बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ को खोड्प नजिकै पर्ने बन्तड भीरमा आज बिहान ५ बजेको समयमा ग ग १ ज ५२२४ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा दार्चुलाको महाकाली नगरपालिका ९ दत्तुका ३५ वर्षीय ईश्वर नागरी रहेका ईलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी नीरीक्षक गिन्द्र बोगटीले बताए।
दुर्घटनामा परी दार्चुलाकै दत्तुका २३ वर्षीय पुस्कर नागरी र २२ वर्षीय हिक्मत समान्त रहेको उनले बताए। घाइते पुस्करको अवस्था भने गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दार्चुलाबाट धनगढी आउँदै गरेको जीप सडकबाट झण्डै २५० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन्।dineshkhabar
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस