Techie IT

डोटीमा ५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता दिने निर्णय


डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले जानकारी दिइन्।

पाँचौं नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा यसलाई समेटिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस