Techie IT

नदिको नहरमा डुबेर कैलालीमा एक वालकको मुत्यु


कैलालीको सुक्तिकाँडा नदिको नहरमा नुहाउने क्रममा एक वालकको डुबेर मुत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ बेलारगाउँको रजबढुवा नहरमा डुबेर वर्ष १६ वालक नवराज न्यौपानेको मुत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक यक्ष राज जोशीले जानकारी दिनु भयो ।

दिउसो ४ बजे तिर साथीहरु सगँ नुहाउने क्रममा नहरमा डुबेर मुत्यु भएको बताईएको छ । दैलेख जिल्ला चामुण्डा बिन्दासैनी नगरपालिका ८ बस्ने नारायण न्यौपानेका छोरा नवराज न्यौपाने फुपुलाई भेट्न भनी केही दिन अगाढी बेलारगाउँ आएका थिए ।


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस