बान्निगढी जयगढ गाँउपालिकाका असिना पिडित को राहत पाउने आशा आशामै सिमित (अडियो सहित)
राहत दिन्छौँ भनेर आफुलाई झुक्याएको पिडीत किसानको गुनासो

बान्निगढी जयगढ जयगढ गााँउपालिका असिना पिडित किसानको राहत पाउने आशा आशामै सिमित भएको छ । गाँउपालिकाले राहत बितरण प्रकृयालाई वास्ता नै नगरेपछि किसानको आसा आशामै सिमित भएको हो ।
गत चैत्र २२ गते हाहुरीसंगै परेको असिनाले गाँउपालिकाका अधिकांस भुभागमा लगाईएको गहुँ तथा तरकारी बालिमा ठुलो क्षेति पुयएको थियो ।
असिना तथा हावाहुरीले किसानले लगाएको बाली नष्ट गरेपछि चैत्र २६ र २७ गते गाँउपालिकाका उपाध्यक्ष लोक बहादुर साँउदको नेत्रृत्वमा गएको एक टोलीले क्षेति पुगेको स्थानमा अनुगमन अनुगमन गरेको थियो । अनुगमनकै क्रममा गाँउपालिकाका उपाध्यक्ष लोक बहादुर साँउदले पिडित किशानलाई तत्काल राहात उपलब्ध गराउने आश्वासन समेत दिनुभएको थियो । अनुगमन गरिए लगत्तै गाँपालिकाको कृषि बिकास शाखा र वडा कार्यलयहरुले क्षेतिको बिबरण समेत संकलन गरेका थिए ।
तर क्षेति बिबरण संकलन गरेको ४ महिना बितिसक्दा समेत गाँउपालिको नेत्रृत्वमा रहेका ब्यक्तीहरु बेखबर जस्तै बनेका छन । याता असिना पिडित किशानले भने गाँउपालिकाको बाघडोर सम्हालेका ब्यक्तीहरुले आफुलाई आश्वाशन दिएर झुक्याएको गुनासो गरेका छन । यस पटक मात्रै नभएर यो भन्दा पहिले पनि पटक पटक आफुलाई झुक्याईएको उनिहरुको गुनासो छ । पोहोर साल मकै बालिमा भएको क्षेतिको समेत राहत दिन्छौ दिन्छौ भनेर नदिएको बान्निगढी जयगढ गाँउपाकिा वडा नं. ३ छातासैनका मेघ राज साउदले गुनासो गर्नुभयो ।
आवाज मेघराज साँउद …….
बितरण प्रकृयाको बिषयमा उपाध्यक्ष साँउदसंग कुराकानि गरेका छौँ । कुराकानिको शुरुमा उँहालाई हामीले असिना पिडित किसानलाई राहत बाड्ने कुरा त एका देशको कथा जस्तै भयो है भनेर सोधेका छौँ ।
कुराकानि लोक बहादुर साँउद ……..।