Techie IT

अछाममा मात्रै यो बर्ष सवारी दुर्घटनामा परि १३ जनाको मृत्यु ,२६ जना घाईते


सुदूरपश्चिम प्रदेशमा गत आर्थिक बर्षमा भएका सवारी दुर्घटनामा पनि दुई सय २३ जनाले ज्यान गुमाएका छन्।

गत आर्थिक बर्ष २०७५र०७६ मा प्रदेशमा भएका दुई सय ३४ वटा सवारी दुर्घटनामा परी दुई सय २३ जनाले ज्यान गुमाएका हुन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सवारी दुर्घटनमा चार सय ३४ जना घाईते भएका छन्।

अछाम जिल्लामा मात्रै १३ जनाको मृत्यु र २६ जना घाईते भएका छन, कैलाली मा ८५ वटा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ भने १ सय ५१ जना घाईते भएका छन्। यस्तै कञ्चनपुरमा ५७ सवारी दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ भने २० घाईते भएका छन्। डडेल्घुरामा ३५ जनाको मृत्यु र एक सय छ जना घाईते, डोटीमा नौँ जनाको मृत्यु र ३३ जना घाईते, बैतडीमा १० जनाको मृत्यु र ४३ जना घाईते, दार्चुलामा १५ जनाको मृत्यु र १९ जना घाईते, बझाङमा २४ जनाको मृत्यु र ३२ जना घाईते तथा बाजुरामा ६ जनाको मृत्यु र ४ जना घाईते भएका छन्।


क्याटेगोरी : प्रदेश, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!