निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक वर्ष पूरा

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक वर्ष पूरा भएको छ।

गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी निर्मला ११ गते उखुबारीमा बलात्कार पछि हत्या गरेको अवस्थामा फेला परेको एक वर्ष पुगेपनि सरकारले दोषी बाहिर ल्याउन सकेको छैन्। गत साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर हिडेकी निर्मला साउन ११ गते उखुबारी बलात्कारपछि हत्या गरेको अवस्थामा भेटिएसंगै न्यायका लागि सुरु भएको देश व्यापी आन्दोलनको पनि ठिक एक वर्ष पूरा भएको छ। तर सरकारले भने निर्मलाका हत्याराको पहिचान अझै गर्न सकेको छैन्।

छोरीका लागि न्याय माग्न कञ्चनपुरबाट सुरु भएको देश व्यापी न्यायिक आन्दोलनमा आसु र पीडा लुकाएर लड्दा लड्दै निर्मलाका आमाबुबा खिन्न भईसकेका छन्। निर्मलाका हत्यारा करार गर्नको सट्टा प्रहरी प्रशासन नै नक्कली अभियुक्त खडा गरी घटनाको वास्तविकता ढाकछोप गर्न उद्दत भएको दृष्टान्तले उनीहरुलाई अहिले पनि झस्काईरहेको छ। सम्झना मात्र छोडेर गएकी छोरीले न्याय पाउला भन्नेमा विश्वस्त नरहेका निर्मलाकी आमा दुर्गादेवी अहिले पनि न्यायको झिनो आशा लिएर बाचिरहेका छन्। निर्मलाको हत्यामा संग्लन दोषी कुनै दिन त कारवाहीको दायरामा ल्याईएको हेर्न पाईएला भन्ने झिनो आशा उनमा अहिले पनि जिवितै छ। निर्मलाका बुबा यज्ञराज पन्तमा पनि त्यो विश्वास जिवितै रहेको छ।

हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगरमा भएको प्रर्दशनपछि भर्दौँ ४ मा कञ्चनपुर प्रहरीले मानसिक सन्तुलन ठिक नभएका भनिएका ४१ वर्षीय दिलिपसिह विष्टलाई पक्राउ गरेपछि महेन्द्रनगरमा न्यायिक आन्दोलन चर्किएको थियो। प्रर्दशनकै क्रममा भदौँ ८ मा प्रहरीले चलाएको गोली लागेर स्थानीय सन्नी खुनाको मृत्यु भएको थियो भने दर्जनौँ व्यक्ति घाईते भएका थिए। भदौँ ७ मा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्च स्तरीय छानविन समिति गठन गरिएको थियो। सो समितिले स्थगलगत अध्ययन पछि बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र बनेको छ भने राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरु तयार भएका थिए। तर ती प्रतिवेदन अहिले सम्म अलपत्र परेका छन्। घटनामा लापरवाही गरेको भन्दै तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट सहितका दर्जर्नौँ प्रहरी अधिकारी कारवाहीमा परिसकेका छ्रन् तर सरकार भने हत्यारा नजिक पुग्न सकेको छैन्।

साउन १० गते निर्मला गृहकार्य गर्न भनी साथी रोशनी बमको घर गएपछि मात्र हराएकी थिईन्। जुन घरमा निर्मलाकी साथी रोशनी र उनकी दिदी वविता बस्दै आएकी थिईन्। स्थानीयको दबाब पछि प्रहरीले उनीहरुलाई माथि समेत अनुसन्धान गरेको थियो तर उनीहरु निर्दोष देखिएको भन्दै रिहा भएका थिए। निर्मला प्रकरणमा प्रहरीले मानसिक सन्तुलन बिग्रिएका भनिएका दिलिपसिह विष्टलाई पक्राउ गरेको थियो भने डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो। विष्टपछि पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको पनि डिएनए रिर्पोट नमिलेपछि रिहा भईसकेका छन्। तर अन्तराष्ट्रिय समुदायको समेत ध्यान खिचेको निर्मला प्रकरणमा सरकार भने वास्तविक हत्यारा सम्म अझै पुग्न नसक्नु दुःखद भएको टिप्पणी ह्ुदै आएको छ। सरकार भने घटनाको अनुसन्धान जारी रहेको दावी गर्दै आएको छ।dineshkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker