प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कारबाट कालिकोटका पत्रकार न्यौपाने पुरस्कृत

तपेन्द्र धामी 

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य तथा अन्नपुर्णकर्मी बिस्नप्रसाद न्यौपाने शिक्षा पत्रकारीता पुरस्कार २०७५ बाट सम्मानित हुनुभएको छ ।

कालिकोटमै बसेर करिब १२ बर्ष पत्रकारीता गर्दै आएका पत्रकार न्यौपाने कर्णाली प्रदेशबाट प्रादेशिक शिक्षा पत्रकारीता प्रोत्साहन पुरस्कार २०७५ बाट सम्मानित हुनुभएको हो । मंगलबार नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलयमा आयोजित एक औपचारिक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलले पुरस्कृत गर्नुभयो ।

नेपाल पत्रकार महासँघ कर्णाली पदेशका सदस्य, अन्नपूर्ण राष्ट्रिय दैनिकका कालिकोटका समाचारदाता ,रेडियो मालिका एफ।एम। का स्टेशन म्यानेजर समेत रहेका पत्रकार न्यौपानेले कालिकोटमै बसेर निरन्तर जनमुखी निश्पक्ष रुपमा आफ्नो पेशालाई अगाडी बढाई रहनुभएको छ । प्रेस यूनियन कालिकोृटका अध्यक्ष समेत रहनुभएका न्यौपानेले कालिकोटका दुरदराजका बस्तीमै पुगेर गरीब निमुखाको आवाजहरु छापा तथा बिद्युतिय माधयमबाट बुलन्द गरिरहनुभएको छ ।

पत्रकार न्यौपाने कालिकोट मात्रै नभएर कर्णाली प्रदेशमै पत्रकारीता पेशामा निकै चर्चित बनेका छन् । पत्रकार न्यौपानेले अन्नपूर्ण दैनिकमा पनि जनतालाई प्रत्यक्ष लाभ हुने र सरोकारवालाहरुलाई ध्यानाकार्षण गर्ने खालका थुप्रै समाचार सँप्रेसण गर्नुभएको छ । त्यति मात्रै नभएर स्थानीय सामुदायिक रेडियो मालिका एफ।एम।बाट कार्यक्रम मालिका बहसमा सरोकालाहरुलाई कार्यक्रममा प्रत्यक्ष बहस मार्फत पनि आफ्नो छुट्टै पहिचान बनाएकाछन् । २०७५ सालको कर्णाली प्रदेशकोे शिक्षा पत्रकारीता पुरस्कार २०७५ले पत्रकार न्यौपानेलाई आफ्नो पेशामा झन उर्जा थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker