Techie IT

सेती नदीमा बगेर एक बालिकाको मृत्यु


डोटीमा सेती नदीमा नुहाउने क्रममा बगेर एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर ४ राजपुर बस्ने दीलबहादुर नेपालीकी ८ वर्षीया छोरी करिश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। उनका अनुसार ओल्के पर्व मनाउन दिपायल स्थित मामाघर गएकी उनी आइतबार बिहान ११ बजेको समयमा नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने स्थानबाट बगेर बेपत्ता भएकी थिइन्।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस