Techie IT

वन जङ्गलको विनाशले सुदूरपश्चिमको चुरे क्षेत्र सङ्कटमा


प्राकृतिक सम्पदाको दोहन र वन जङ्गलको विनाशले सुदूरपश्चिम प्रदेशको चुरे क्षेत्र सङ्कटमा पर्दै गएको छ ।

पछिल्लो समय चुरे क्षेत्रमा भइरहेको वन विनाश, भूक्षय र मानवीय अतिक्रमणले तराई क्षेत्रमा बाढी पहिरो लगायत दैवीप्रकोपका घटनामा वृद्धि भएपछि स्थानीय त्रसित छन् । चुरे र महाभारत पहाड शृङ्खलामा बढ्दै गएको वन विनाशले सुद्युरपश्चिम प्रदेशको भित्री मधेस र तराई क्षेत्रको भविष्य सङ्कटमा परेको छ ।

चुरे क्षेत्रको दोहनले हरेक वर्ष नयाँ खोला र खहरे बन्न थालेका छन् । भित्री मधेस र तराई क्षेत्रमा नदीकटानको समस्या उस्तै छ । चुरे क्षेत्रको संरक्षण गर्न सकिएन भने प्रदेशको तराई मरुभूमिमा परिणत हुने संरक्षणकर्मीहरूको चेतावनी छ ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति सुदूरपश्चिम संयोजक विदुर भारतीले चुरे क्षेत्रमा भइरहेको विनाशले जैविक विविधतामा प्रभाव पर्ने बताए । यसतर्फ बेलैमा सबैले सजगता अपनाउनु पर्ने उनको भनाई छ । चुरेक्षेत्रको संरक्षणको लागि सरकारले २०७१ सालबाट ४ सदस्य समिति गठन गरी अभियान थालेको छ ।

तर राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले पनि अपेक्षित रूपमा उपलब्धि हासिल गर्न सकेको छैन । बजेट अभावका कारण चुरेको संरक्षणमा चुनौती देखिएको उनले बताए । प्राकृतिक सम्पदाको दोहन र वन जङ्गलको विनाशले सुदूरपश्चिम प्रदेशको चुरे क्षेत्र सङ्कटमा परेको हो । वन व्यवस्थापनकै कारण चुरेको अस्तित्व सङ्कटमा पर्न नदिने सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टले बताए ।

चुरेक्षेत्रको अस्तीत नै संकटमा पर्दा पनी सरकारी क्षेत्रबाट संरक्षको पहल नभएको जन गुनासो छ । केन्द्र सरकारले देखाउनकै लागी भए पनी काम थाले पनी स्थानिय र प्रदेश सरकारले चुरेको संरक्षणको लागि कुनै पहल नगरेको आरोप छ ।

तर, सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले चुरे क्षेत्रको संरक्षणको लागी प्रदेश सरकार गम्भीर रहेको दावी गरिन । चुरेको विनास कुनै हालतमा हुन नदिने बताउदै उनले यसका लागी सबैको सहयोग आवश्यक रहेको बताइन् ।

केही वर्षदेखि चुरे क्षेत्रको अव्यवस्थित ढङ्गबाट हुने गरेको दोहनले भित्री मधेस र तराई क्षेत्र सङ्कटमा परेका छन् । स्थानीय सरकार र सरोकारवाला निकायले चुरे संरक्षणतर्फ स्थानीयस्तरबाटै पहल नगर्ने र केन्द्रको मात्र मुख ताक्ने हो भने आगामी दिनमा यो समस्या अझ विकराल बन्ने छ । sudurkhabar


क्याटेगोरी : प्रदेश, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!