Techie IT

असारमा हतार गरेर बनाएका सडकका पर्खाल साउनमा भत्किए


असारमा गरिएका विकास निर्माणको असर देखिन थालेको छ। बैतडीको डिलाशैनी गाउँपालिका अन्तर्गत गोकुलेश्वर–डिलाशैनी–मठैराज सडकमा असारमा निर्माण गरिएका पर्खाल साउनमै भत्किएका छन्।

सडकका कारण जोखिममा परेका घर र जमीन बचाउन भन्दै लगाएका पर्खाल भत्किएपछि झन् समस्या भएको स्थानीयले बताएका छन्। डिलाशैनी गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत गोकुलेश्वर–डिलाशैनी–मठैराजमा सडक लगाएका ८ ओटा पर्खाल मध्ये ५ ओटा साउनमै भत्किसकेका स्थानीय हरिदत्त जोशीले जानकारी दिए।

सडकका कारण जोखिममा परेका घर बचाउन लगाएका पर्खाल भत्किँदा घरहरू झन् जोखिममा परेका उहाँले बताए। असार निर्माण सम्पन्न भएका पर्खालहरू एक महिना पनि नटिकेकको स्थानीयले आरोप लगाएका छन्।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस