फौजदारी र देवानी संहिता लागु भएको एक वर्ष सम्म सुदूरपश्चिममा अन्यौलता हटेन

मुलुकी ऐन विस्थापित गरी ल्याईएको फौजदारी र देवानी संहिता लागु भएको एक वर्ष बित्दा समेत अन्यौलता भने हटन सकेको छैन्।
संहितामा रहेको अन्यौलताकै कारण सुदूरपश्चिममा कार्यान्वयन पनि चुनौतीपूर्ण देखिएको बताईएको छ। ठोस नीति नबन्दा कार्यान्वयन गर्न समस्या भईरहेको देखिएको छ। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने गरी लागु भएको फौजदारी र देवानी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न जोड दिईएको थियो। सामाजिक तथा पारिवारिक सम्बन्ध, सदभाव लगायतका क्षेत्रका विसंगति हुन नसदन र नियमन गर्न सरकारले कडा कानुनी व्यवस्था गरेको भएपनि कार्यान्वयनका लागि प्रष्ट नीति बन्न नसक्दा अधिकासं विषयमा अन्यौलता कायमै रहेको सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले बताए।
उनले ५४ वर्षपछि अपराध संहिता ऐन, मुलुकी देवानी संहिता ऐन, मुलुकी फौजदारी कार्य्विधि संहिता ऐन र मुलुकी देवानी कार्य्विधि संहिता ऐनबाट गत भदौ एक गते देखि प्रतिस्थापन गरिएको भएपनि पुर्ण रुपमा अभ्यास नभएको उल्लेख गरे। गत भदौँ एक गते देखी मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्य्विधि संहिता, मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्य्विधि संहिता ऐन, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन र कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन लागु भएका थिए।
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- २ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ३ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ४ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ५ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ६ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ७ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
- ८ बान्नीगढीमा सरसफाइ, युवा सञ्जालले देखायो सक्रियता
प्रतिक्रिया दिनुहोस