बझाङमा १२ किलो चरेश सहित ४ जना प्रक्राउ

बझाङमा झोलामा लुकाई छिपाई गाडीबाट धनगढी तर्फ लैजादै गरेको अबस्थामा १२ किलो चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम यातायातको ना ८ ख १०७४ नम्वरको यात्रुबहाक बसमा लुकाएर राखेको अवस्थामा चेकजाँचको क्रममा बिथ्थड प्रहरी चौकीले १२ किलो चरेश सहित ४ जनालाई पक्राउ गरेको हो।
सुर्मा गाउँपालिका १ दौलीचौरका ५८ बर्षिया हरिबिर बोहरा, उनकी श्रीमति ४८ बर्षिया रनकला बोहरा, सुर्मा गाँउपालिका १ कै ६० बर्षिया लछी बोहरा र बस मालिक समेत रहेका केदारस्यु गाउँपालिका ५ का ४२ बर्षिया काँसि ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए। उनका अनुसार प्रहरीले गाडी चेक जाँच गने क्रममा तीन वटा झोलामा चरेश भेटाएको र थप अनुसन्धान भईरहेको छ।dineshkhabar
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस