कर्णाली नदिको किनारमा एक जनाको मृत सब भेटियो

कैलाली स्थित कर्णाली नदीको किनारमा एक जना मृत फेला परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर ५ का ७० बर्षीय लिलाराम ओझाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनको जानकी गाउँपालिका ९ कर्णाली किनार शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए। शव पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाईएको छ। उनको डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ।