विप्लवका दुई विद्यार्थी नेता बैतडीवाट पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेकपा समूहको विद्यार्थी संगठनका २ जनालाई बैतडीवाट पक्राउ गरिएको छ।
पक्राउ गरिनेमा नेकपा समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दार्चुला जिल्ला संयोजक ध्वनि धामी र खगराज नेपाली रहेका छन्। दुबैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका ६ धौलिढुंगास्थित लटिनाथ आधारभुत विद्यालयवाट नियन्त्रणमा लिएको हो। उक्त विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए।
पक्राउ गरेका दुवैजनामाथि बैतडी जिल्ला अदालतवाट अभद्र व्यवहारको मुद्दा चलाई अनुसन्धानको लागि १० दिनको म्याद थप गरिएको उनले बताए। यसका साथै पक्राउ परेका दुईजनासँगै अन्य सात जनालाई पनि नियन्त्रणमा लिइएको भए पनि उनीहरू बालबालिका रहेकोले आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यसैबीच पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुठो मुद्दामा फसाउन खाजेको भन्दै अखिल क्रान्तिकारी सेती महाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै बिनासर्त ससम्मान रिहाइ नगरे निर्मम संघर्ष गर्ने जनाइएको छ। thahakhabar
क्याटेगोरी : प्रदेश, राजनीति, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस