Techie IT

अज्ञात समूहद्धरा नेकपाका नेताको गाडीमा आगजनी


कैलालीको घोडाघोडी नगरपालिका–१ सुन्दरपुरका नेकपाका स्थानिय नेता गौरीप्रसाद जोशीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। जोशीले आफ्नै घर आगाडी पार्किङ गरि राखेको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो। आफ्नै घर आगाडी पार्किङ गरि राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियोमा गयराति करिब १२ बजे आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।

आगजनीवाट गाडीको अगाडीको भाग जलेर क्षति भएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिए। आगलागी कस्ले र किन गरेको हो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक भट्टले बताए।dineshkhabar


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस