अज्ञात समुहद्धारा वडा कार्यालय तोडफोड, अध्यक्षमाथि हातपात

 

कैलालीमा अज्ञात समूहले वडा कार्यालयमा तोडफोड गरेको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ को कार्यालयमा तोडफोड गरिएको हो। दुई मोटरसाईकलमा आएका ६ जनाको समूहले वडा कार्यालयमा तोडफोड गरेका हुन्।

वडा अध्यक्ष जनकबहादुर साउँदले पुरानो चौमाला बजारमा रहेको वडा कार्यालयको कम्प्यूटर, प्रिन्टर, टेवुल लगायतमा क्षती भएको बताए। उनले आफुमाथि पनि हातपातको प्रयास भएको र प्रतिकार गर्न खोज्दा भागेको बताए। उनीहरु सबै माक्स लगाएर आएका थिए। खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। dineshkhabar 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker