बोक्सीको आरोपमा कुटिएकी युवतीद्धारा आत्महत्याको प्रयास

धनगढीमा बोक्सीको आरोपको कुटपिटमा परेकी युवतीले आत्महत्याको प्रयास गरेकी छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा बोक्सीको आरोपमा आफ्नै काकी फुलमाया रानाबाट कुटिएकी २३ वर्षीया युवतीले आत्महत्याको प्रयास गरेकी हुन्।
आईतबार साँझ घरमै गएर बोक्सीको आरोप लगाएर रानाले कुटपिट गरेपछि युवतीले विष सेवन गरी आत्महत्याको प्रयास गरेपनि परिवारले थाहा पाएपछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पु¥याएका थिए।
युवतीकी ठुलीआमा पार्वतीले बोक्सी भन्दै कुटपिटमा परेपछि आत्महत्या गर्न विष सेवन गरेको थाहा पाएपछि लगतै अस्पताल पु¥याईएको र अहिले अवस्था सुधार हुँदै गएको बताईन्।
स्वास्थ्य अवस्था सुधार हुँदै गएकी ती पीडित युवतीले काकीले बोक्सी भनी कुटपिट गरेपछि विष सेवन गरेको बताईन्। जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाबारे जानकारी नभएको जनाएको छ। तर वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशीले घटना भए लगतै प्रहरीलाई खबर गरिएको बताएका छन्।
क्याटेगोरी : प्रदेश, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस