बैतडीमा भिरबाट लडेर १४ बर्षीया बालिकको मृत्यु

घाँस काट्ने क्रममा भिरवाट लडेर बैतडीमा एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका ८ पुतलीपुरकी १४ बर्षीया नारुली बोहरा रहेकी छन्। किशोरीको सोमबार स्थानीय छोटेधार थाँचर भिरबाट लडेर मृत्यु भएको सिगास गाउँपालिका ८ का वडाअध्यक्ष कर्णबहादुर ऐरले जानकारी दिए।

मृतक बालिका शिबलिङ अधारभूत विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्। बैतडीमा बर्षेनी भिरमा घाँस काट्ने क्रममा लडेर धेरैले ज्यान गुमाउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker