महाकाली नदीमा हाम फालेका एक युवक बेपत्ता

दार्चुलास्थित महाकाली नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छ्न्। बेपत्ता हुनेमा महाकाली नगरपालिका(४ का ३० वर्षीय सहदेव बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
मंगलबार बिहान ६ः३० बजे खलंगा बजारको पुलघाट नजिकबाट बोहराले नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रेमसिंह खड्काले जानकारी दिए। उनको खोजी कार्य तीव्र पारिएको छ।dineshkhabar