Techie IT

सामुदायिक विद्यालयका कागजात अख्तियारको नियन्त्रणमा


कञ्चनपुरको एक सामुदायिक विद्यालयमा रकम हिनामीना भएको उजुरी परेपछि अख्तियारले कागजात नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुरमा रहेको शान्ति निकेतन माध्यामिक विद्यालयमा शिक्षकको विभिन्न शीर्षकको रकम हिमामिना भएको भन्दै उजुरी परेपछि अख्तियारले छानविनका लागि कागजात नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले शिक्षकले सञ्चयकोष, कर्मचारी बिमा, नागरिक लगानी कोष र समाजिक सुरक्षा कर बापतको रकम हिमामिना भन्दै सामूहिक उजुरी दिएपछि छानविनका लागि आज कागजात नियन्त्रणमा लिईएको जानकारी दिए।

विष्टले लामो सयमदेखि विद्यालय प्रशासन तथा लेखाले शिक्षकको तलबबाट कटौती गरेर बैंकमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरी दुरुपयोग भएको भन्दै शिक्षकहरुले सामूहकि उजुरी दिएका थिए। विद्यालयका प्रधानाध्यापक बहादुर चन्द र पूर्वलेखापाल मोहन साउँदले सो रकम हिनामिना गरेको भन्दै शिक्षकहरुले उजुरी दिएको अख्तियारले जनाएको छ। प्रध्यानाध्यापक चन्द र लेखापाल साउदले रकम जम्मा नगरी आफ्नो व्यक्तिगत काममा खर्च गरेको शिक्षकको आरोप छ।dineshkhabar


क्याटेगोरी : प्रदेश, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!