Techie IT

३६ वर्षदेखि पश्चिम सेती अलपत्र सुदूरपश्चिम सरकार मौन


झण्डै ३६ वर्षदेखि अनिर्णयको बन्दी बनेको पश्चिम सेती जलविद्युत आयोजना बारे सुदूरपश्चिम सरकार पनि मौन बसेको छ। प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लाग्दा समेत पश्चिम जलविद्युत आयोजना निर्माणका लागि कुनै पहल नगरेको पाईएको हो।

राष्ट्रिय गौरव पश्चिम सेती जलविद्युत आयोजना बारे प्रदेश सरकारले कुनै निर्णायक पहल थाल्न नसकेको हो। झण्डै ३६ वर्षदेखि अनिर्णयको बन्दी बनेको पश्चिमी सेतीबाट चिनिया कम्पनी थ्री गर्जेजले हात झिकेपछि झनै अन्यौलमा परेका बेला प्रदेश सरकारले पनि मौनता साधेको हो।

विगतमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार पश्चिम सेती जलविद्युत आयोजना निर्माण हुनुपर्छ भन्ने पक्षमा भएको प्रतिक्रिया दिदै आएका थिए। तर अहिले भने पश्चिम सेतीका विषयमा प्रतिक्रिया माग्न खोज्दा पनि मुख्यमन्त्री भट्टले समय नै नभएको भन्दै पन्छीने गरेका छन्।

३६ बर्षदेखि ‘गायत्री मन्त्र’ जस्तै भएको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण बारे केन्द्र सरकारले दोहोरो चरित्र देखाएका बेला प्रदेश सरकारले ठोक कदम चाल्नुपर्ने धेरैको माग रहदै आएको छ। तर प्रदेश सरकार झनै मौन बसेको हो।

कतिपयले प्रदेश सरकारले पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि प्रकिया अघि बढाउन सवै दलहरु एकजुट बन्दै प्रदेशसभाबाट संकल्प प्रस्ताव पास गर्दै केन्द्र सरकारलाई दवाव दिन सके पश्चिम सेतीको निर्माण सुरु हुने आशा गरेका थिए।

वर्षौदेखि पश्चिम सेती आयोजना चुनावी मुद्दा बन्दै आएको छ तर निर्माण सुरु समेत हुन सकेको छैन्। पश्चिम सेतीको मुद्धा सहित विजयी भएका प्रदेशसभा सदस्यले पनि निर्णायक रुपमा पहल गर्न नसकेका हुन्। विगतमा चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेट वितरणमुखी भएको भन्दै विरोधमा उत्रिएका प्रपिपक्षी दल नेपाली कांग्रेस र राजपा पनि तैचुपमैचुप भएका छन्।

बजेटको विरोधमा २२ दिन सम्म प्रदेशसभा चल्ने नदिएका प्रतिपक्षी दलले पश्चिमी सेती जलविद्युत आयोजना निर्माण सुरु गर्नुपर्ने लगायतका माग राखेको थियो। तर अहिले भने मौनता साधेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले भने आफूहरुसंग भएका सम्झौता कार्यान्वयन गर्न सरकार उदासिन बनेको आरोप लगाए।

गत वर्ष त प्रदेश सरकारले बजेट भाषण मार्फत पश्चिम सेती स्वदेशी लगानीमा निर्माण गर्ने भनेर घोषणा गरेको थियो। अहिले भने कुनै पहल नभएको हो। पश्चिम सेती जलविद्युत आयोजना निर्माण भए सुदूरपश्चिमको मुहार नै फेरिने अपेक्षा गरिएको थियो तर प्रदेश सरकार, स्थानीय सरकार र यसक्षेत्रबाट राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेताहरुले निर्माणका लागि कुनै पहल नगर्दा ओझेलमा परेको हो। dineshkhabar


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस