सुदूरपश्चिममा शनिबार मात्रै ४४ सरकारी गाडी प्रहरी नियन्त्रणमा

सुदूरपश्चिममा स्थानीय प्रशासनको अुनमति बिना सार्वजनिक विदाका दिन चलाईएका ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज शनिवारको दिन प्रदेशका ८ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको अनुमती नलिएर आफूखुसी चलाउने ४४ वटा सरकारी मोटरसाईकल र जीप नियन्त्रणमा लिएको प्रदेश ट्रापिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले ८ वटा जिल्लाबाट ३० वटा मोटरसाईकल र १४ वटा जीप नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार सबैभन्दा बढि कैलालीमा १२ वटा मोटरसाईकल र ९ वटा जीप नियन्त्रणमा लिईएको छ।
यस्तै कञ्चनपुरमा ५ वटा मोटरसाईकल र २ वटा जीप, डडेल्धुरामा २ वटा मोटसाईकल र एक जीप, डोटीमा ७ वटा मोटरसाईकल र एक जीप, अछाममा दुईवटा एक एक मोटरसाईकल र जीप, दाुर्चला, बैतडी र बाजुरामा एक–एक मोटरसाईकल नियन्त्रणमा लिईएको ट्राफिक प्रहरी नायब उपरिक्षक श्रेष्ठले जानकारी दिए।
बझाङमा भने कुनै पनि सरकारी सवारी साधन नियन्त्रणमा लिईएको छैन्। उनीहरु मध्ये अधिकांशलाई सम्झाई बुझाइ छोडिएको र बाँकीलाई भोली मात्र सवारी साधन जिम्मा लगाईने प्रहरीले जनाएको छ। नियन्त्रणमा लिईएका अधिकासं सवारी साधन कर्मचारीले सञ्चालन गर्दै आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
नबमष् ण्द्द।वउन
सार्वजनिक विदामा सरकारी गाडी चलाउन नपाउने भएपनि सुदूरपश्चिममा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले आफूखुसी चलाउदै आएका छन्। सार्वजनिक विदामा अति आवश्यक काम परेको बेला पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिएर चलाउन पाउने प्रावधान रहेको छ।
स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सार्वजनिक विदामा अनुमती विना सरकारी सवारी सञ्चालनमा रोक लगाउन ट्राफिक प्रहरी तातेपनि प्रदेश सरकारका प्रतिनिधि र कर्मचारीमाथि भने निगरानी नबढाईएको आरोप पनि लागेको छ।
यता प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक श्रेष्ठले आफु प्रमुख भएर आएपछि आज पहिलो सार्वजनिक विदा परेकोले आज देखि नै निगरानी राख्न सुरु गरिएको बताए। उनले अवदेखि स्थानीय प्रशासनको अनुमती विना सरकारी सवारी साधन सञ्चालन गरे कारवाहीको दायरामा ल्याईने समेत बताए। dineshkhabar
क्याटेगोरी : प्रदेश, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस